देश

अपहरण मुद्दाका प्रतिबादी १० बर्ष पछि पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज १ | मध्यान्ह ०७:०६ बजे

सप्तरी, ०१ असाेज । सप्तरीमा अपहरण मुद्दाका एक फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका वडा ७ वस्ने ४५ वर्षीय शिव कुमार मण्डल रहेका छन् ।

मण्डलले २०६७ माघ १३ गते तत्कालीन ब्रह्मपुर गाविस वडा नम्वर ७ का ४५ वर्षीय जसकरण चौधरीलाई अपहरण गरेका थिए । सोही मुद्दामा सप्तरी जिल्ला अदालतले २०७१ बैशाख ३ गते मण्डललाई ९ वर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फरार रहेका मण्डललाई बिहीबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता माधव प्रसाद काफ्लेले बताए । यता मण्डललाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जनाएको छ ।

कमेन्टहरु