देश

सुनको भाउ ह्वात्तै घट्यो

जगत ठाडा मगर
२०७८ अशोज १ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । सुनको मूल्यमा पछिल्लो २ दिनमा २ हजारले गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १४ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सयमा कारोबार भइरहेको छ।

हिजो ९० हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ।

कमेन्टहरु