देश

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदै

जगत ठाडा मगर
२०७८ अशोज १ | बिहान ०९:०६ बजे

धनगढी । सुदूरपश्चिममा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।

परम्परागत किंबदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी गोठालाहरुले पुतनाको शव दहन गरेको कथन रहेको छ । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्रीकृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्ती अर्थात असोजको १ गते यो पर्व मनाईने गरिएको छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के संक्रान्तिका दिन गोठालाले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन् ।

कमेन्टहरु