देश

बैशाख १५ गतेदेखी बन्द पर्यटकीयलाई बर्दिया राष्ट्रिय निकुञ्जमा असोज १ बाट प्रवेशको अनुमति

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०७:०५ बजे

बर्दिया । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली ०५३ को पूर्ण पालना गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्यटकीय गतिविधि गर्न प्रवेश अनुमति दिइएको छ ।

लामो समयदेखि पर्यटकीय गतिविधि बन्द रहेको निकुञ्जमा असोज १ गतेदेखि प्रवेश अनुमति दिइएको हो। विश्वव्यापी संक्रमणको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थिति भन्दै वैशाख १५ गतेदेखि बर्दियामा पर्यटकीय गतिविधि बन्द गरेको थियो।

निकुञ्जले सुचना जारी गर्दै निकुञ्ज खुला गरिएको जानकारी दिएको छ। हात्ती सफारी बाहेकका लागि नियमानुसार अनुमति लिइ प्रवेश गर्न चाहाने पर्यटकलाई शर्तहरुको परिधिभित्र रही निकुञ्ज प्रवेश खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

जंगल सफारी, वाक, र्‍याफ्टिंग, डुंगा विहार, क्याम्पिंग तथा फिसिंग लगायतका गतिविधिको लागि निकुञ्जले तोकेको स्थानमा मात्र अनुमति दिएका छौं। निकुञ्जको निर्धारित रुटमा बाक गर्नका लागि १ जना गाइडले ३ जना र २ जना गाइडले १० जना पर्यटकलाई पथप्रर्दशन गर्न सक्ने प्रावधान राखिएको छ।

उनले भने पर्यटकले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड पूर्ण पालना गर्दै अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग गर्नुपर्ने लगायतको शर्त निकुञ्जको छ। पर्यटकहरु अनिवार्य रुपमा शर्तहरुको परिधिभित्र रही निकुञ्ज अवलोकन गर्नुपर्ने व्यवस्था गरेको बताए ।

कमेन्टहरु