देश

नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०७:०५ बजे

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुनेस्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिलासुस्ती भएको हुँदा हिमायल बैंकले उक्त कार्य सहज होस् भनेर १ लाख १० हजार मूल्यको १ थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त कम्प्युटर महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई हस्तान्तरण गरेका हुन ।

कमेन्टहरु