नेपाली सेनाका सेनापतिबाट रथीलाई दर्ज्यानी चिन्ह प्रदान

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०६:०५ बजे

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी पदमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा सेनापति शर्माले कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकारको भाद्र २९ गते बसेको मन्त्रीपरिषद् बैठकले उपरथी बालकृष्ण कार्कीलाई रथी दर्जामा पदोनन्ती गरेको थियो ।
उनलाई बलाध्यक्षमा नियुक्त गरिएको छ भने निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिईएको छ। कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।






















