देश

हिमालय सुगर चिनी मिल्सले थप सेवा सुविधाका साथमा : कार्तिक खेती प्रति आकर्षित बन्दै उखुँकिसानहरु

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०५:०५ बजे

लहान । सिराहाको चन्द्रअयोध्यापुरमा अवस्थित हिमालय सुगर मिल्स उखुँ किसानहरुका लागि कार्तिक खेतीका लागि थप सुविधा दिइएको देखिन्छ ।
photo 2021 09 16 17 02 35
उखुँ किसानहरुलाई थप सेवासुविधा दिइएकोमा किसान कार्तिक खेती प्रति आक्रसित बन्दै गएको मिल्सका प्रबन्धक बताएका छन।

बुधबार मिल्सका उखु प्रवन्धक अवधकिशोर यादवले भने हामी किसानलाई भरपुर सेवा सुविधा दिन लागिएको बताए । सिरहाबाट ६ हजार उखु किसान रहेकोमा प्रति वर्ष ५ लाख क्विन्टल उखु मिललाई दिइने गरेका छन।

सप्तरीमा १०० जना किसान, धनुषाबाट ६ सय किसान रहेकोमा प्रति वर्ष ६ लाख क्विन्टल बिक्रीवितरण गरिरहेको उखु प्रबन्धक अवधकिशोर यादवको भनाइ छ।
अहिले सिरहामा २४ वटा उखुउपकेन्द्र, सप्तरीमा ४, धनुषामा १० वटा उखुउपकेन्द्र रहेसँगै उखुँ प्रशासन अधिकारिक केन्द्र सिरहामा-२, सप्तरीमा १, धनुषामा २ वटा रहेको प्रवन्धक यादवले जानकारी गराए।

मुलत : हिमालय सुगर चिनी मिल्सले कार्तिक खेतीका लागि अहिले नि:शुल्क सेवा पनि दिइरहेको प्रवन्धक यादव बताउँछन। जस्तै कार्तिक खेती सम्बन्धि हिमालय चिनी मिल्सले दिइरहेका सेवा तथा सुविधाहरु:- -प्रति विगहा २ बोरा (एस एस पी) मल नि:शुल्क, प्रति बिगाहा उखुँ खेतीका लागि दिइनेछ । वीउँ उपचार, औषधि नि:शुल्क, वीउँ मुलतः नयाँ जातको उपलब्ध, बैंक लोन (NMB)बाट सिफारिस १.५ प्रति विगाहा, कृषि उपकरण समयमा उपलब्ध गराइरहेको बताए ।

कमेन्टहरु