देश

नेकपा एमालेबाट दक्षिणपन्थीहरू अलग भएका हुन् : बादल

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०३:०५ बजे
ram bahadur thapa

काठमाडौ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले पार्टीबाट दक्षिणपन्थी धारा अलग भएको बताएका छन् ।

एमाले काठमाडौं जिल्लाको प्रशिक्षणमा बोल्दै बादलले ०७५ असार ३ गतेपछि समाजवादको आन्दोलनलाई अगाडि बढाउने कि यथास्थितिमै राख्ने भन्ने संघर्ष पार्टीमा चलेको बताए । यस्तो दुईलाइन संघर्षमा पुँजीवादी धारा देखिएको र पार्टीभित्रको पुँजीवादी धाराले नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्त गर्न सफल भएको उनको भनाइ छ ।

सरकारलाई गिराउन त्यो धाराले अदालतको परमादेशको सहारा लिएको उनको आरोप छ । माधव नेपालतर्फ इंगित गर्दै उनले दक्षिणपन्थी धारा अन्तर्घात गर्दै पार्टीबाट अलग भएको बताए । उनले यसलाई राजनीतिक प्रतिगमन र षड्यन्त्रको संज्ञा दिए ।

कमेन्टहरु