देश

एसपी पाण्डेको धज्जी उडाउँदै प्रहरी निरीक्षक थापा

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०२:०५ बजे

बीरगंज ३१ भाद्र । पर्साको सीमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी बढेपनी प्रहरी निरीक्षक लगायत घुमुवाहरू आफ्नो रजाइको रूपमा प्रयोग गर्न थालेका छन । सीमावर्ती क्षेत्रबाट बढ्दै गइरहेको तस्करी न्यूनीकरण गर्नुको साटो इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले ढाकछोप गर्न थालेपछी घुमुवा र प्रहरी निरीक्षकले रजाइको रूपमा प्रयोग गर्न थालिएका हुन ।

इलाका प्रहरी कार्यालय पोखरियाको मातहातमा पर्ने भिस्वा, अमरपट्टि, झौवा, जानकिटोला, प्रसौनीभठ्ठा, जगरनाथपुर, टिहुकी, गुडगाइ, मिर्जापुर, आसवारी लगायतको ठाउँहरूबाट तस्करी कार्य बढेको पाइन्छ । उक्त नाकाहरूबाट तस्करी कार्य गराउनको निम्ति दुई जना घुमुवालाइ परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले प्रहरी हवलदार लालबाबु यादव र प्रहरी जवान सुरेश न्योपानेलाइ खटाइएको व्यापक चर्चाको बिषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले जिल्लाका सबै युनिटलाइ कडा रूपले निगरानी बढाउन र राजस्व छली गर्ने समुहलाइ नियन्त्रणमा लिन आदेश गरेपनी आफ्नो एक्लौटी पाराले प्रहरी निरीक्षक थापाले आफ्नो क्षेत्रमा पर्ने प्राय सबै नाकाबाट तस्करीको लाइन सुचारू गरेका छन । आफ्नो वर्दी र फुलीको पावर देखाउदै प्रहरी निरीक्षक थापाले आफू अख्तियार दुरूपयोग अनुसन्धानबाट आएकै कारण फुर्ती देखाउदै तस्कर समूह सङ्ग मासिक १० लाख भन्दा बढी रकम असुल गर्ने गरेको श्रोतको दाबी रहेको छ ।

श्रोतले जनाए अनुसार भैसीको हार्ट बजार संचालन गर्नको निम्ति मात्र मासिक ५ लाख रूपैया प्रहरी निरीक्षक थापा बुझदै आएको बताए । उनका अनुसार कुनैपनि हार्ट बजार संचालन गर्नको निम्ति सीमा नजिक खोल्न नपाउने तर प्रहरीलाई पैसा दिए पश्चात् जेपनि गर्न पाउने भएकै कारण हार्ट बजार संचालनमा आएको बताए । सीमा नजिक हार्ट बजार चालू हुदा भैंसी तस्करलाइ बहार झै आएको स्थानीयहरू बताउछन । हार्ट बजार नहुदा दिनहु भैंसी पक्राउ हुन थालेपछी एक जना गाउपालिका अध्यक्षको समेत पावर लगाउदै हार्ट बजार संचालनमा ल्याएको स्थानीयको आरोप रहेको छ ।

यता यस बिषयमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दिपक थापा सङ्ग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले यस बिषयमा छानबिन गर्ने र छानबिनबाट प्रष्ट भए द्वय घुमुवालाइ तानेर कारवाही समेत गर्ने बताए ।

कमेन्टहरु