देश

रामेछापमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक घाइते

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । काठमाडौदेखि ओखलढुंगा जाँदै गरेको जीप रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।

प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहीबार बिहान ६ बजे हात्तीटार नजिक भीरबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् । दुर्घटनामा घाइते भएको लाक्पाका ११ वर्षीय छोरा धावा शेर्पालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

तीव्र गतिमा आएको जीप साँघुरो सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु