मुक्तिनाथ बैंक : डिपोजिटको ब्याजदर बढ्यो, लोनको बढेन


काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरुभन्दा पनि वित्तीय विवरणमा आफूलाई अब्बल देखाउँदै आएको मुक्तिनाथ विकास बैंकले पनि ब्याजदर बढाएको छ । यो बैंकले २ प्रतिशतसम्म ब्याजदर बढाएको हो ।
मुक्तिनाथ विकास बैंकले आज प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचना अनुसार तीन महिनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत पुगेको छ । मुक्तिनाथले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेप ७.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष सम्मको अवधिको मुद्दतिमा ७.७५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दतिमा ८.०१ प्रतिशत ब्याजदर दिंदै आएको थियो ।
मुक्तिनाथले तीन महिना वा सोभन्दा बढी अवधिका संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि बढाएर ९.५० प्रतिशत नै पुर्याएको छ । यसअघि संस्थागत मुद्दतितर्फ ३ महिनासम्मको ६.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ७.५० प्रतिशत तथा १ वर्षभन्दा माथिको ब्याजदर ८.०१ प्रतिशत थियो ।
बैंकको साउन महिनाको आधार दर ८.०८ प्रतिशत रहेको छ । डिपोजिटको ब्याजदर बढाए पनि मुक्तिनाथले लोनका कुनै पनि प्रडक्टको ब्याजदर भने बढाएको छैन ।
नयाँ ब्याजदरको सूची हेर्नुहोस्:
























