राप्रपा सप्तरीको अध्यक्षमा उम्देश्वर साह चयन


सप्तरी, ३१ भदौ । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरीले बुधबार नयाँ कार्यसमिति चयन गरिएको छ । जिल्ला कार्यसमितिले आयोजना गरेको अधिवेशबाट उम्देश्वर साहको अध्यक्षतामा ३० सदस्य कार्यसमिति चयन गरिएको राप्रपा सप्तरीले जनाएको छ ।
समितिका सचिवमा बलराम शर्मा, सदस्यहरुमा माहामाया प्रसाद सिंह (राजपुर), शुभास चन्द्र झा, बलराम चोधरी, मीना राणा, ललिता देवी मण्डल, उमेश प्रसाद साह, दर्प नारायण शर्मा, कामेश्वर लाल देव, प्रेम श्रेष्ठ, शैलेन्द्र झा, विमला यादव, परमानन्द ठाकुर, नागेन्द्र प्रसाद साह, रामसुन्दुर मण्डल, विन्दु लाल साह, विष्णुदेव यादव, तेजनारायण साह, शुभकलाल साह, मानपुर चौधरी, अर्जुन कुमार साह, कृष्णदेव साह, सरिता पासमान, पुनिता खंग, पूजा सरदार, कमलदेव यादव, शिव नारायण साह र प्रभात कुमार मण्डल रहेको समितिका अध्यक्ष साहले जानकारी दिए ।
राप्रपा सप्तरी जिल्ला अध्यक्षले अब देशको रक्षा र जनताको हितको लागि राप्रपा बाहेक अरु पार्टीले गर्न नसक्ने बताए ।






















