रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार विडारीलाई

जगत ठाडा मगर
२०७८ भदौ ३१ | बिहान ०८:०५ बजे

हेटौंडा । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार ०७८ र रामहरि केबी स्मृति फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार ०७८ वितरण गरेको छ ।
यो समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै हेटौँडा–६ का रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त बिडारीलाई नगदसहित सम्मान पत्र प्रदान गरेको छ ।
अधिवक्ता एवं पत्रकार ऋषि केबीले स्वर्गीय पिता रामहरि केबीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् । कार्यक्रममा स्व. केबीको बुहारी पुण्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन्






















