देश

नेपाली कांग्रेस सरकार चलाउन असक्षम : पूर्वमन्त्री साह

जगत ठाडा मगर
२०७८ भदौ ३० | मध्यान्ह ०६:०५ बजे

राजविराज, ३० भदौ । पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेसले सरकार चलाउन असक्क्षम रहेको बताएका छन् । बुधबार राजविराजमा आईटी आर्मीको सप्तरी जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले दुई महिना बन्दा बढि समय बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकिनु भन्दै सरकार चलाउन असक्क्षम रहेको बताए ।
photo 2021 09 15 18 43 44

उनले भने अहिलेको अवस्था आईटी युग भएको कारण आईटी सम्बन्धित ज्ञान धेरै मानिसमा नभएका कारण पछाडि परेको उनले बताए । मधेशमा प्रयाप्त श्रोत साथन भएका पनि यहाँका नेताहरुले काम गर्न नसकेको भन्दै नेताहरु आफ्नो कुर्सी र स्वार्थकै कारण मधेशि नेताहरु बदनाम भएको उनले आरोप लगाए ।

अहिले देशमा दलाल, चौकिदार र भ्रष्ट मानिहरुले देश चालाई रहेको उनले बताए । मन्त्री साहले भने मन्दीरा कमपन्मिा मेदा बन्दैन । त्यसैले देशमा नेता परिवर्तन भएमा सबै थोक परिवर्त हुदैन उनले भने । मधेशीे जनताले प्रदेश नम्बर २ मा मधेशी पार्टीलाई बहुमत रहेपनि सरकार चलाउन नसकेको आरोप लगाए ।
photo 2021 09 15 18 43 43

कार्यक्रममा इस्लाम हवारी, सिरया यादव, कुन्दन कुश्वाहा, श्रीलाल यादव, प्रभात महतो लगायतले आ–आफ्नो विचार राखेका थिए । उक्त कार्यक्रमा दिलिप कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
आईटी आर्मीको सप्तरी संयोजक दिलिप कुमार साहको नेतृत्वमा १ सय ५१ जिल्ला कार्यसमिति गठन गरिएको छ ।
photo 2021 09 15 18 43 40

मोटरसाइकल ¥यालीसहित प्रदर्शन सप्तरीमा आईटी आर्मीले मोटरसाइकल ¥यालीसहित प्रदर्शन गर्दै एमसीसीको समेत विरोध गरेका छन् । देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल ¥याली गरेको राष्ट्रिय अध्यक्ष चन्द्रभूषण साहले बताए । जिल्लाका अधिकांश पालिकाबाट युवाहरु सो कार्यक्रममा सहभागी भएका थिए ।

राजविराजबाट निकालिएको मोटरसाइकल ¥याली रुपनी हुदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । आईटी आरमीले प्रदेश २ को विभिन्न जिल्ला र स्थानीय तहहरुमा संगठन निर्माणको कार्यलाई पनि तीव्रता दिएको छ ।

कमेन्टहरु