माधव नेपाल कमरेड होइन, जनविरोधी अपराधी : ओली

जगत ठाडा मगर
२०७८ भदौ ३० | मध्यान्ह ०६:०५ बजे

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जनविरोधी अपराधी भएको गम्भीर आरोप लगाएका छन् ।
‘माधव नेपाललाई कामरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ ओलीले भने, ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड । उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’
माधव नेपाल सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाए । ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ,’ ओलीले भने ।






















