मकवानपुरमा खोलामा डुबेर दुई युवाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ ३० | मध्यान्ह ०५:०५ बजे

मकवानपुर । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका-५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सोही ठाउँका स्थानीय २२ वर्षीय नविन दोङ् र २१ वर्षीय राजन दोङ् रहेका छन् । उनीहरु खोलामा पाहा मार्न गएका थिए । ढुङ्गा चिप्लिई लड्दा खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






















