देश

एमाले विभाजन गर्न दिँदैनौं – पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल

जगत ठाडा मगर
२०७८ भदौ ३० | मध्यान्ह ०५:०५ बजे

बुटवल । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले प्रचण्डहरु कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) एमालेले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधव नेपालहरु कम्युनिष्टको सरकार ढाल्ने षड्यन्त्रमा लागेको पनि बताए ।

तर, माधव नेपाल र प्रचण्डले कहिल्यै पनि सैद्धान्तिक लडाई नलडेको बरु सत्ता र शक्तिको लागि लागिपरेको उनको आरोप थियो । उनले माधव नेपाललाई ‘कांग्रेसको पछि लागेर कोही वामपन्थी हुन्छ ?’ भन्दै प्रश्न गरे ।

उनले आफूहरुले एमालेलाई कहिल्यै पनि विभाजन हुन नदिने पनि टिप्पणी गरे । उनले भने,‘एमाले विभाजन गर्न दिँदैनौं ।’

कमेन्टहरु