देश

अभिनेत्री करिश्मा १२ कक्षाको परीक्षामा सहभागी हुँदै

जगत ठाडा मगर
२०७८ भदौ ३० | मध्यान्ह ०२:०५ बजे

काठमाडौ । कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् ।
कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् ।
photo 2021 09 15 14 00 31

उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् । केही दिनको तयारीमा आफु परीक्षा दिन आएको उनले बताइन् । ‘यो पटकको परीक्षामा धेरैे तयारी गर्न सकेको छैन’ करिश्माले भनिन् ‘सहि तरिकाले तयारी गर्ने हो भने थोरै समय पनि लाभदायक हुँदो रहेछ ।’ हिजोसम्म सुटिङमा रहेकी करिश्माले परीक्षाको कारण बुधबारबाट ८ असोजसम्मका लागि सबै काम स्थगित गरेकी छन् । मेजर अंग्रेजी बिषय लिएर अध्ययन गरिरहेकी करिश्माले कोरोनाले कलेज छुटाएकोले लेखनमा गाहे हुने हो कि भन्ने अनुमान गरिन् ।

कलेज परीक्षामा केही राम्रो रिजल्ट ल्याउनुपर्ने प्रेसर समेत उनलाई रहेको छ । सोही कारणले पनि आफु रातभर पटक पटक ब्यूँतिएर सुत्न नसकेको करिश्माले सुनाइन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि आफुलाई राजनीतिबाट अलग राखेकी थिइन् ।

कमेन्टहरु