देश

राष्ट्रिय बाल दिवस २०७८ काे अवसरमा कबिता प्रतियोगिता सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ २९ | मध्यान्ह ०७:०५ बजे

सुरेश यादव
नवलपरासी/भदाै २९। राष्ट्रिय बाल दिवस २०७८ काे अवसरमा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाल बाल संगठन पश्चिम नवलपरासीको आयाेजनामा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएकाे हाे ।
photo 2021 09 14 19 39 45

सामान्य अवस्था र काेभिड महामारी बाल अधिकार संरक्षण हामी सबैकाे जिम्मेवारी नाराकाे साथ उक्त प्रतियोगिता आयाेजना गरिएकाे संगठनका जिल्ला सभापति पृत्तम पाैडेलले बताउनुभयाे । प्रतियोगिता काेराेना संक्रमण र बालबालिकाकाे भाेगाई बिषयकमा बिधार्थिहरू कविता बाचन गरेका थिए ।

कविता प्रतियोगितामा प्रथम हुने महाकबि देवकाेटा मा वि सुनवलकी सरिन भण्डारी, द्वितीय अन्नपूर्ण सेकेन्डरी स्कुल सुनवलकी रिषा भट्टराई र तृतिय राजमहात्मा पूर्ण भद्र माबि बर्दघाटकि आरति पाण्डे भएकाे बाल संगठनका जिल्ला सदस्य शर्मिला पाैडेलले जानकारी दिनुभयाे । प्रथम हुनेलाई पाँचहजार, प्रमाणपत्र शिल्ड, द्वितीयलाई तीन हजार प्रमाणपत्र शिल्ड र तृतियलाई दुईहजार प्रमाणपत्र शिल्ड पुरस्कार बितरण गरिएकाे संगठनका सचिव माेहन पाैडेलले जानकारी दिनुभयाे ।जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगितामा जिल्लाका २३ मावि तहका बिधालयबाट बिधार्थीहरूकाे सहभागिता रहेकाे सचिव पाैडेलले बताउनुभयाे ।

photo 2021 09 14 19 39 43

नेपाल बाल संगठन पश्चिम नवलपरासीका सभापति पृतम पाैडेलकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायकाे प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएकाे थियाे ।

photo 2021 09 14 19 39 46

कमेन्टहरु