देश

सभामुखमाथि हाम्रो आशंका कायमै छ : सुवास नेम्वाङ

जगत ठाडा मगर
२०७८ भदौ २९ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरूको आशंका कायमै रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले आशंका भएको बताए ।

सभामुखले औपचारिकताका लागि बोलाएको बैठकमा जानुको कुनै अर्थ नभएको भन्दै उनले आफूहरूले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए । सभामुखबाट शंका निवारणका लागि कुनै प्रयास नभएको पनि उनको भनाइ छ ।

नेम्बाङले भने “हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरू पुछ्नुस्।”

उनले सत्तापक्षको ढङ्ग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

कमेन्टहरु