देश

पृथ्वी नारायण शाहले गर्न नसकेको बहु राष्ट्रिय राज्यको एकिकरण, डा: बाबुराम भट्टराईले गर्ने उद्घघोषक

जगत ठाडा मगर
२०७८ भदौ २९ | मध्यान्ह ०३:०५ बजे

बहु राष्ट्रिय राज्यका विशेषताहरू :

(१) एउटै भाषा धर्म संस्कृति, जीवन पद्धति र एउटै थातथलो भएका जातीको पहिचान आधारमा उनीहरूको मानव भूगोललाई खण्डित नहुने गरी प्रदेशहरूको सिमाङकन, नामङकन र स्वशासनको अधिकार प्रदान गरिनेछ ।
photo 2021 09 14 15 48 09

(२) पहिचानमा आधरित १०+१ प्रदेश भित्र सबै जातजातीको भाषा प्रदेश सरकारको भाषा हुनेछ । सबै धर्म, संस्कृति प्रदेशको राष्ट्रिय चाडपर्व हुनेछ । प्रदेश सरकारको सबै संरचनाहरूमा सबै जातीको जनसंख्याको आधरमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनेछ ।

(३) हालको जिल्ला, नगर, गाउँ र वडा सबै प्रदेश मातहात हुनेछ ।

(४) नेपालका सबै जातजाती भित्र रहेको सामन्ति समाजको अवशेष वर्गिय उत्पिडन अन्त गर्न विशिष्ट नेपाली समाजमा आधरित उत्पादन शक्ति, उत्पादित बस्तु र बस्तुको वितरण र मुनाफमा समाज र श्रमिकहरूको प्रत्यक्ष नियन्त्रण रहेको समाजवाद आर्थिक नीति लागु हुनेछ ।

कमेन्टहरु