देश

गुण एयरलाइन्सले १ असोजबाट उडान थाल्ने, टिकट बुकिङ समेत खुल्ला

जगत ठाडा मगर
२०७८ भदौ २९ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने भएको छ । दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

सेप्टेम्बर १७ (असोज १) देखि आन्तरिक हवाइ सेवा सुचारु गर्ने र यसको लागि टिकट बुकिङ समेत खुलिसकेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा विक्री प्रमुख प्रज्वल थापाले जानकारी दिए । उनका अनुसार सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुरमा जहाज उड्नेछ ।

त्यसको केही दिनपछी सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरमा उडान बिस्तार गर्ने तयारी कम्पनीले गरेको छ । बडादशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिने तयारीमा रहेको थापाले बताए ।

कम्पनीले प्रतिस्पर्धी मूल्यमा टिकट बेच्ने समेत जनाएको छ ।

कमेन्टहरु