धनुषामा डकैती शंकास्पद वस्तु बिस्फोट, दुई जना घाइते

जगत ठाडा मगर
२०७८ भदौ २९ | बिहान १०:०५ बजे

जनकपुरधाम, २९ भदौ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्वर ९ कुम्हरामा गएराती डकैती भएको छ । स्थानीय सिटहु यादवको घरमा डकैती भएको हो ।
स्थानीय बासीका अनुसार राती करिव १ बजेको समयमा डकैती भएको बताए । लुटपाट पश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुबाट दुईजना घाइते भएका छन् ।
शंकास्पद बस्तु घरको पछाडी बिस्फोट भएको स्थानीयको भनाई छ ।
यता घटना स्थल तर्फ धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






















