देश

बिप्लब माओबादीद्वारा काठमाडौमा एमसीसीविरुद्ध बिरोध सभा (फोटोफिचर)

जगत ठाडा मगर
२०७८ भदौ २८ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
photo 2021 09 13 15 40 05

आज काठमाडौंको भृकुटीमण्डप, टेकु, त्रिपुरेश्वर, लैनचौर बबरमहललगायतका स्थानबाट नारा लगाउँदै जुलुस निकालेको हो। उनीहरुले ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’,‘एमसीसीको पक्षमा बोल्ने सबै राष्ट्रघाति हुन्’ जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका शीर्ष नेताहरु पनि सहभागी भएका थिए। विरोध र्‍याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको छ।
photo 2021 09 13 15 40 01

कार्यक्रममा विभिन्न जिल्लाबाट नेता-कार्यकर्ता सहभागी भएका छन्। खुल्ला मञ्चमा शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।

photo 2021 09 13 15 40 03

photo 2021 09 13 15 40 04

कमेन्टहरु