दैलेखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला

जगत ठाडा मगर
२०७८ भदौ २८ | मध्यान्ह ०१:०५ बजे

कर्नाली । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बेडुखाडा की २७ बर्षीया भावना देवकोटाको झुण्डिएको अवस्थामा शव फेला परेको दैलेख प्रहरीले जानकारी दिएको छ।
उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको टिमीलाको रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको हो । सोही वडाका वडा अध्यक्ष नारायण रेग्मीले ती महिला २७ गते साँझदेखि हराइरहेको जानकारी दिए । खोजतलास गर्दा सोमबार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
ती महिलाका पाँच महिनाको एउटा छोरा दुधे बालक र छ वर्षकी एउटा छोरी गरी दुई सन्तान रहेको जानकारी दिए । दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले शवलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल लैजाने तयारी भईरहेको बताए ।






















