सभामुख सापकोटाले दिउँसो २:३० बजे बोलाए सर्वदलीय बैठक


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बोलाएका छन् । उनले आज दिउँसो २ : ३० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय छलफल बोलाएका हुन्।
सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। छलफलमा प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्कमल दाहाल प्रचण्डलाई सभामुखले बोलाए छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवलगायत संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरुलाई बोलाइएको छ।
प्रतिनिधिसभाको जारी ९ औँ अधिवेशनको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्दै आइरहेको छ। अवरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक संसद्मा पेश गरेका छन्। त्यसलाई भदौ ३० गतेसम्ममा पास गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ।






















