देश

लुम्बिनी प्रदेशका दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने

जगत ठाडा मगर
२०७८ भदौ २८ | बिहान ०९:०५ बजे

दाङ । कोरोना संक्रमण दर घटेको भन्दै दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने निर्णय गरेको हो ।

स्थानीय तहले कोभिड–१९ संकट व्यबस्थापन केन्द्रसंग समन्वय गरेर विद्यालय खोल्न पाउने निर्णय भएको कुरुम्बाङ्ले बताए । सोमबारदेखि घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिले विद्यालय खोल्ने निर्णय गरेका छन् । शान्तिनगर गाउँपालिकाले भने यसअघि नै विद्यालय खोलिसकेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले विद्यालय खोले पनि बस सेवा सञ्चालन नगर्ने निर्णय गरेको छ । घोराही उपमहानगरपालिकाले भने बस सेवा समेत सञ्चालन गर्न दिने भएको छ ।

कमेन्टहरु