देश

प्रतिनिधिसभाको संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

जगत ठाडा मगर
२०७८ भदौ २८ | बिहान ०९:०५ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी गरेको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको हो । आइतबार प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजीका कारण अवरुद्ध रहयो ।

एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए । सभामुखले एमालेको नाराबाजीका कारण संसदमा जनचासोको विषय राख्न पाउने अरु सांसदको हक हनन भएको भन्दै पटक पटक संसद चलाउन दिन आग्रह गरे । तर एमाले सांसदले लगातार नाराबाजी गरेपछि सापकोटाले दुई दिनका लागि बैठक स्थगित गरेका हुन् ।

कमेन्टहरु