कालिन्चोक -१ मा सवारी साधनले निरन्तर पाएपछि, स्थानिय हर्षित


वसन्त थामी
दोलखा । दोलखा जिल्ला कालिन्चोक -१ मा सवारी साधनले निरन्तरता पाएको छ । कालिन्चोक गाउँपालिकामा बिगत ५/७ बर्ष देखिनै सडकको पहुँच पुगेपनि निरन्तरता चलेको थिएन । कालिन्चोको ग्रामीण भेगमा असार देखि भाद्र महिनासम्म बेगुम्पा देखि तारेभीर लगायतको करिब ८००-९०० सय घर परिवारलाई १-२ घण्टा लगाएर हिड्न पर्ने बाध्यता हटेको छ । अहिले निरन्तर गाडी चलेकोले स्थानीय बासी धेरै खुसी भएका छन ।

बर्षादको समयमा बिरामी परेकोलाई सदरमुकाम चरिकोटसम्म लान बिरामीलाई बोकेर पुर्याउनु पर्ने र स्थानीयले खाद्यान्न बोकेर लानु पर्ने बाध्यता हटेको छ । यावाल खोलामा हियुमपाइप लगाए भएपनि नियमित सवारी साधन बोलेरो पुगेछ । स्थानियलाई अहिले धेरै सहज भएको वडाअध्यक्ष बाबुलाल थामीले बताए । गत वर्ष पालिकाको रु ३ लाख र सडक बिभागबाट रु १२ लाख गरी जम्मा रु १५ लाखले दम्बा खोला र यावालखोलामा हेम्पाइप लागिएको हुनाले नियामित सवारी साधन संचालनमा आएको स्थानीय सुक बहादुर थामीले बताए ।
यस ठाउँमा सडकको स्तर उन्नती गर्दै ढलन गरेमा झन राम्रो हुने बताए । सडक निर्माण समितिको अध्यक्ष समेत रहेको वडा अध्यक्ष बाबुलाल थामीलाई धन्यवाद साथै सम्पुर्ण सहयोग गर्ने प्रति स्थानियले कृतज्ञता दिनुभएको छ ।






















