देश

यस आलेख भित्रका मुख्य बुँदाहरु : राई न त नेपालको कुनै जात हो न जाति

जगत ठाडा मगर
२०७८ भदौ २८ | बिहान ०८:०५ बजे

दोलखा । राई शब्द कर्णाली भेगको राय शब्दबाट अप्रभन्स भै राई भएको हो । राई शब्दले नेपाली बृहत् शब्द कोषमा एक च्यांगा, राई गडेरो माछा, मुडाली गहुँ, पिप्लाको साग, एक जाति भनिएको छ ।
photo 2021 09 13 08 25 39

राईको २८/२९ वटा भाषा हुन सक्छन रे, तर कुन चाहिं राईले यी सबै भाषा बोल्न सक्छन् ? कुलुङ जाति भित्र ३८० वटा भन्दा बढी थर उपथरहरु छन्।त्यसैले कुलुङ कुलुङ बीच आपसी बिहेबारी चल्ने गरेको छ । कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा बोल्ने वक्ता संख्या ३३ हजार १७० जना रहेको छ सोही आधारमा २१ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई जातिगत कोड ६२ र भाषागत कोड २९ उपलब्ध गराएको छ ।

अब आलेखको शाब्दिक अर्थ तिर जाऊँ

के राई शब्द पगरी नै हो त ? हो भने कर्णाली भेग तिर कहिले हाम्रो पुर्खा युद्धमा भाग लिए ? यायाेखा शब्द बान्तवा भाषाबाट आएको भनियो साथै साकेला सिली चाम्लिङको साझा सिली भनियो जे भएनी यतिका दशकसम्म कुनै विरोधाभास नभएको बेला अहिले विरोध गर्नुको कुनै अर्थ छ त ? राई शब्द पगरी नै भए पनि राजा बुझाउँछ भने राजा भन्दा ठुलो उपाधि छ संसारमा ? कुलुङ जातिको संख्याको हिसाबमा भाषा वक्ता पाँच हजार बढी छन भन्नु हास्यास्पद छ । यहाँ बान्तवा भाषा वक्ता त औंलामा गन्न सकिने छन् भने कुलुङ भाषा वक्ता कसरी संख्या भन्दा पाँच हजार बढी हुन्छ?
कुलुङहरु राई होइनन् उनीहरुले आफ्नै छुट्टै जाति स्थापित गरे त्यो ठिकै छ तर पनि अझै कतिपय कुलुङ बन्धु पनि छन जसले राई भन्ने बितिकै गर्व महसुस गर्नु हुन्छ।

निष्कर्षमा भन्ने हो भने कोही एक शिक्षित मनुवाले आफ्नो मनगढन्ते विचार राख्दैमा राई एकता कदापि धर्मराउँदैन किनकि हामी आदिवासी होइनौ मूलवासी रैथाने हौं ।

कमेन्टहरु