देश

कृष्णनगरमा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ २८ | बिहान ०८:०५ बजे

घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा जनमतको नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशन कृष्णनगरमा रहेको रामजानकी मन्दिरको हालमा सम्पन्न अधिबेशनले ५१ सदस्यीय समिती गठन गरेको हो ।
photo 2021 09 13 08 25 17

बिनोद कुमार ओझाको अध्यक्षतामा गठन गरिएको नगर सभामा प्रमुख अतिथिको रुपमा जनमत पार्टी कपिलवस्तु जिल्लाको जिल्ला अध्यक्ष राम लाल यादवले आफ्नो मिठो स्वागतमन्तव्य दिनु भएको थियो । विशिष्ट अतिथिको रूपमा जनमत पार्टी कपिलवस्तु जिल्लाको कोषाध्यक्ष मो .हनीफ गद्दीले पनि आफ्नो स्वागत मन्तव्य दिनु भएको थियो । जनमत पार्टी कपिलवस्तुको जिल्ला सदस्य राम राज चौधरी लगायतले मन्तव्य दिदै पार्टीले भ्रष्टाचारी हटाउने समेत बताएका छन ।
photo 2021 09 13 08 25 21

कृष्णनगर नगरकमिटी गठन गर्दा अध्यक्ष पदमा बिनोद कुमार ओझा,उपाध्यक्ष पदमा राम बृक्ष चौधरी, महिला उपाध्यक्ष पदमा समुन्द्र देबि लोहर, कोषाध्यक्षपदमा नसिर खाँ,सचीव पदमा बिस्णु प्रसाद मोर्या,सहसचीव पदमा हरिस कुमार चौधरी, महिला सदस्य सन्जु देवी केवट, सदस्य संजय बिस्वकर्मा सहित लगायत ५१ सदस्यीय नगर कमिटीको समिति गठन गरिएको हो ।

photo 2021 09 13 08 25 23

नगर अधिबेशन कार्यक्रममा मनोज माली, हाजी नसिर खा, हकिकुल्लाह,राम चन्दर यादव ,शिव प्रसाद चौहान, शक्ति देवी चौहान लगायत कृष्णनगर न.पा .को १ देखी १२ वार्ड सम्माका संयौको संख्यामा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

photo 2021 09 13 08 25 25

जनमत पार्टीद्वारा कृष्णनगर नगरपालिकाको मेयर पदको प्रत्यसी र युवा नेता मनोज कुमार ओझाले पनि आफ्नो स्वागतमन्तव्य दिदै यहाँ समाजलाई राम्रो बनाउने, बिकाश गर्ने र यहाँबाट भ्रष्टाचारी हटाउने लगायतको कुराहरु भन्दै बिनोद कुमार ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

photo 2021 09 13 08 25 30

photo 2021 09 13 08 25 32

photo 2021 09 13 08 25 34

photo 2021 09 13 08 25 36

photo 2021 09 13 08 24 55

photo 2021 09 13 08 25 05

photo 2021 09 13 08 25 01

photo 2021 09 13 08 25 00

photo 2021 09 13 08 24 59

कमेन्टहरु