मलेसियामा नेपाली कामदारको मुख्य समस्या, भावनामा चोट पुर्याउने काम नगरी दिए देखि समस्यामा केही सुधार आउन सक्ने


डम्बर राई
मलेसिया । रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली कामदारहरुलाइ कोभिड -१९ ले आर्थिक तथा शारीरिक र मानसिक रुपमा निकै नोक्सान पुर्याएको छ । यस्तो घट्नाले पछिल्लो समयमा निकै समस्या देखिन्छ ।
मलेसियामा कोभिड -१९ को संक्रमण दर घट्ने र बढ्ने क्रम चलिरहेको छ । पटक पटक लकडाउन हुँदा बाहिर निस्कन नपाएर कोठाभित्रै गुम्सिएर बस्नुपर्ने बाध्यता रहेको छ । यसरी बस्दा शरीरलाई आवश्यक ब्यायाम नहुने भएकाले शारीरिक रुपमा असर पर्नुको साथै मानसिक तनाबका कारण विदेशी कामदारहरुको बढी मृत्यु हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
पछिल्लो समयमा मलेसियामा कार्यरत केहि नेपाली नागरिकहरुको असामयिक निधन भएको खबरहरु सामाजिक संजालमा निकै बाक्लो रुपमा देख्न सकिन्छ ।यस प्रकारको घटनालाई सामान्य रुपमा निलिइकन नेपाल सरकारले नेपाली राज दुताबास मलेसियाको माध्यमबाट मलेसिया सरकारलाई नेपाली कामदारलाई काम नभएको समयमा कुनै मानसिक असर पर्ने खाल्को कुनै पनि क्रियाकलाप रोजगारदाताले नगरी दिन नेपाल सरकारले सचेत गराउनको साथै सम्बन्धित कामदारको परिवारले पनि मर्म बुझेर भावनामा चोट नपुर्याई समस्यामा केही सुधार आउन सक्ने सम्भावना देखिन्छ ।
प्रवासमा रहेर काम गर्न सोचे भन्दा कठिन र संघर्ष पुर्ण रहेको धेरै कामदारहरुको गुनासो रहेको छ । तर बिडम्बना स्वादेशमा काम नपाएपछि बिदेसिनु बिबस नेपालीको प्रमुख समस्या रहेको छ । यो समस्याबाट मुक्त हुनको लागि नेपाल सरकारले संकोचित बिचारबाट बाहिर निस्केर देशको लागि सकारात्मक कदम चाल्नु पर्दछ र नेपाली जनता आफै पनि सचेतना अपनाउनु आबश्यक रहेको देखिन्छ ।






















