गुल्मीमा ३ वर्षीय बालिका मृत फेला

जगत ठाडा मगर
२०७८ भदौ २७ | मध्यान्ह ०१:०५ बजे

गुल्मी । गुल्मीमा तीन वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका वडा नं २ भेडिखोर निवासी तीन वर्षीय आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रदास पाण्डेले बताउनुभयो ।
ऊनी शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारिएको डीएसपी पाण्डेले बताए ।
घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।






















