आज नेकपा एमालेको संसदीय दलको बैठक बस्दै


काठमाडौं । सत्त गठबन्धनको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आइतबार मध्यान्ह १२ बजे आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आइतबार दिउँसोको १ बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । बैठक बस्नुअघि एमाले संसद दलको बैठक बस्न लागेको हो । भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी एमालेमाथि सरकारलाई बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट आगामी रणनीति बनाउन लागिएको भट्टराईको भनाइ छ । उनका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने छ ।
सभामुखले समस्या समाधानमा चासो नदेखाएकाले भोलि संसदलाई कहाँ पुर्याउँछ भन्न सकिदैन र परिस्थितिलाई उत्तेजित बनाउने काम सत्तापक्ष र सभामुखबाट भएको उनले बताए । यद्यपि शुक्रबार केही सांसदले सभामुख र अर्थमन्त्रीमाथि आक्रमण प्रयास गर्ने सांसदलाई बैठकमा सचेत गराउने भट्टराईले बताए ।






















