देश

एमसीसी अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

जगत ठाडा मगर
२०७८ भदौ २७ | बिहान ०८:०५ बजे

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै शिर्ष नेताहरुसँग भेटघाट गरिसकेकी छन् ।

नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने जवाफ दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् ।

उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसदबाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी छन् । अमेरिकाले नेपालले एमसिसी अस्वीकार गरे पनि कुनै आपत्ति नहुने बताइसकेको छ।

नेपालले अस्वीकार गरेको अवस्थामा सो बराबरको रकम अर्कै देशलाई अनुदान दिने पनि स्पष्ट पारिसकेको छ ।

कमेन्टहरु