देश

लुकाई राखेकाे अवस्थामा अवैध काठ बरामद

जगत ठाडा मगर
२०७८ भदौ २७ | बिहान ०८:०५ बजे

धर्मेंद्र कुमार कुर्मी
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउंपालिका वार्ड न .७ गेडुवाजोत गाउँकाे एउटा पोखारीमा लुकाएर राखिएकाे अवस्थामा १५० स्क्वयरफिट सिसमकाे काठ बरामद गरिएकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएकाे छ।
photo 2021 09 1xx08 37 14

आज बिहान करिब साढे नाै बजेकाे समयमा सूचनाकाे आधारमा प्रहरीले करिब ४ लाख बराबरकाे काठ बरामद गरेकाे छ ।

नेपाल-भारत सिमामा रहेको दर्जनौं काठको मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन ।

विजयनगर गाउंपालिका को वडा ६,७ र कृष्णनगर नगरपालिका काे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।

जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काठ भित्रिदै आएकाे स्राेतले जनाएको छन ।

कमेन्टहरु