देश

जनताको समस्यालाई सर्वोपरि राख्ने उम्मेदवार लाई मतदान गर्ने अनुरोध : प्रवक्ता पठान

जगत ठाडा मगर
२०७८ भदौ २७ | बिहान ०८:०५ बजे

शहबाज खान
कपिलवस्त । जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ।
प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा‌ नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी विशिष्ट अतिथि लुम्बिनी प्रदेश योजना आयोग सदस्य शिवपुजन यादव पुर्व सांसद तथा जसपा नेपालका केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी र जसपा नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान अतिथीमा सामसेवक यादव आरती सिंह जगदम्बा प्रसाद चौधरी छेदी यादव, राज किशोर यादव तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।
photo 2021 09 12 08 37 01

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व मंत्री चौधरीले सधै लडयो अरुको लागि अब लडौ आफ्नो लागी मुल नाराका साथ बोल्दै आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिका हकहित दिलाउनका लागि जसपा नेपाल संघर्ष गरेको बताउदै सबैको साझा पार्टी जसपा नेपाल नै विकल्प रहेको बताउनु भयो।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादवले मुख्यमंत्री कुल बहादुर केसी विकासका लागि तत्पर रहेको बताउदै जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउन लुम्बिनी प्रदेश सरकार पहल गरिरहेको छ। प्रदेशको विकास सबैको सल्लाह सहकार्य गरि मात्र अगाडी बढ़ने तथा क्यान्सर मुटुरोग मृगौला जस्ता प्राणघातक रोगको गरिब वर्गहरु उपचार गराउन नसक्ने रोगीहरुका लागि लुम्बिनी प्रदेश सरकारले तिन लाख अनुदान दिने कार्यक्रम ल्याइएको बताउदै भनेकि हामी सरकारमा आउन त आए तर साथ साथै समयको पनि अभाव रहेको छ हामीले आएको समयमा कार्य गर्नको लागि धेरै चुनौती रहेको तर पनि यो कार्यकालमा सरकारले विशेष गरि आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिको हकहितमा काम गर्ने पुर्ण तैयारी रहेको आयोगका सदस्य‌ यादवले बताएका थिए।

photo 2021 09 12 08 37 02
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित प्रमुख अतिथी विशिष्ट अतिथी, अतिथी तथा आएका सम्पूर्ण पदाधिकारीहरुको स्वागत गर्दै हृदय देखि धन्यवाद व्यक्त गर्दै यो क्षेत्रमा आज सम्म खासै विकास नभएको यहाका सोझा साझा जनतालाई चुनावमा झुठो अस्वाशन दिएर चुनावमा विजयी हुने काममा मात्रै सिमीत भएको ६२ हजार भन्दा बढ़ी जनसंख्या भएको नगरपालिका भित्र क्याम्पस तथा सुविधा सम्पन्न अस्पताल तथा बाटो घाटो उचित व्यवस्थापन गराउन नसकेका जनप्रतिनिधिहरु लाई आउने चुनावमा यस्ता जनप्रतिनिधि हरु लाई बहिष्कार गरि जनताको बिच रही जनताको सुख दुखमा सहभागी हुने र जनताको समस्यालाई सर्वोपरि राख्ने उम्मेदवार लाई मतदान गर्न जसपाका सम्बन्धित सबैलाई आग्रह गर्दै भनेकि चाइनाको विस्तारवादी निती रहेको यसबाट नेपाललाई समेत खतरा रहेको र चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको चाइनाले उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएको छ धार्मिक सांस्कृतिक सभा गर्नामा बाधा व्यावधान गर्छन चाइनाले उइगर समुदायका मुस्लिमहरुलाई देशबाट पाउने सेवा सुविधामा कटौती समेत गरेको प्रवक्ता अकरम पठान ले बताएका थिए।
photo 2021 09 12 08 37 03

कार्यक्रममा वृजेश कुमार गुप्ता, नदिम अरसद इदरिशी, जीवन श्रीवास्तव, दिपेंद्र चौधरी, मुन्ना लाल यादव, रेखा माली ,राजमती केवट, दशरथ यादव लगायत सयौं कार्यकर्ता समाजसेवी ,बुद्धिजीवी ,पत्रकारहरुको उपस्थिति रहेको थियो। बजरंगी गुप्ताले कार्यक्रम संचालन गर्नुभयो।

कमेन्टहरु