मनकारी महेश चौधरीद्वारा लहान-१९ नौडेगा टोलका गरिब विपन्नलाई राहत वितरण


विसुन देव सरदार
लहान, २६ भदौ । सिराहाको लहान नगरपालिका–१९ नौडेगा टोलका २५ विपन्न घरधुरीलाई आज समाजसेवी महेश चौधरीले १० किलोका दरले चामल, खाने तेल र नुन राहत सामग्री वितरण गरेका छन् ।
स्वर्गीय संगिता कर्माचार्य प्रतिष्ठान लहान -७ को सहयोगमा सो राहत वितरण गरिएको हो । उनको श्रीमती स्वर्गिय संगिता कर्माचार्यको सम्झनामा राहत सामग्री वितरण गरेका छन् । यो मस जोडी सिरहावासीलाई असाध्यै रुचाइएको पनि थियो । समाजसेवी चौधरीले लहान नगरपालिका लगायत सिरहाको अन्य ठाउँहरुमा पनि अहिले सम्म ४ हजार जति घरधुरीलाई राहत वितरण गरिसकेका छन् ।
जसको लागि उनले आफ्नो निजि श्रोतबाट ७०÷८० लाख हाराहारीको खर्च समाज सेवामा लगाइसकेका छन् भने साथीभाइको सहयोगमा भने एक करोड भन्दा बढी रकम समाज सेवामा खर्च गरिसकेका समाजसेवी चौधरीले बताए ।
महेश चौधरीको समाजसेवा देखेर लहान नगरपालिकामा उनलाई भावी नगर प्रमुखको रुपमा हेर्न थालिएको छ । नेपाली काँग्रेस पार्टीसंग आवद्ध रहेका चौधरीले आफुलाई विश्वास गरेर पार्टीले स्थानीय तहको चुनावमा टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।






















