लोहराैलीदेखि गेरमा सडक-खण्डमा ग्रबेल खसाल्ने काम सुरु


सुरेश यादव
नवलपरासी/२६ भदौ । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हीनन्दन गाउँपालिकाकाे लोहराैली देखि गेरमा सिमानासम्म जाेड्ने लगभग ७ किलोमिटर सडकमा खाल्डाखुल्डी भएको ठाउँमा ग्रबेल खसाल्ने काम सुरु भएको छ ।
परासीदेखि गेरमा सडक खण्डमा बस, कार, टिप्पर, अटाे रिक्सा, माेटरसाइकल, साइकल र पैदलबाट ५ सयदेखि हजार भन्दा बढी मान्छेहरु आउने जाने गरेको छन् । गेरमा हुँदै नवलपरासी जिल्लाकाे सदरमुकाममा जाेड्ने सडकमा काम सुरु भएको छ । उक्त सडकमा पाल्हीनन्दन गाउँपालिकाले सडकमा ग्रबेल खसाल्ने काम सुरु भएको बताएको छ ।
उक्त सडकमा वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश सभा सदस्य जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे । याे सडक प्रदेश सरकारको भएकोले मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन । सडक दिन प्रतिदिन जीर्ण बन्दै गएपछि पाल्हीनन्दनले ग्रबेल खसाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिपक गुप्ताले जनकारी दिनुभयाे । सडककाे बीचबीच भागमा खाल्डाखुल्डीमा पानी जमेकाे देखेपछि गाउँपालिकाले चासो लिएको छ ।
याे सडकमा हिड्दा लगाएको कपडा समेत फोहोर हुने गरेको थियोे । सडक मर्मत सम्भारमा प्रदेश सरकार र केन्द्र सरकारले चासो दिइएको थिएन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न आवश्यक रहेको छ । हिउँदको समयमा धुलैधुलाे हुने अनि बर्षाकाे समयमा सडककाे बीच भागमा खाल्डाखुल्डीमा पानी जमेर सडकमा आवात जावात गर्न निकै नै समस्या भएपछि काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिपक गुप्ताले बताउनुभयाे ।






















