नेकपा एमाले सांसदहरुले गरे संसदमै टेबुल तोडफोड

जगत ठाडा मगर
२०७८ भदौ २५ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सभा हलभित्रै टेबुल तोडफोड गरेका छन् ।
सांसदहरुले संसदमा विधेयक टेबुल हुने क्रम चलिरहेका बेला संसदमा टेबुल तोडफोड गरेका हुन् । सांसदहरुले पार्टी फुटाउन पाइदैन, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी समेत गरेका थिए ।
एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी हुँदा टेबल भाँचिएको हो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गर्ने क्रममा सांसद र मर्यादापालकबीच घम्साघम्सी भएको हो ।
दिउँसो १ बजेबाट सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोधले गर्दा दुईपटक स्थगित भएको छ । अवरोधकै बीच दुईवटा अध्यादेश पेश भएका छन् ।






















