देश

कुलमानको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

जगत ठाडा मगर
२०७८ भदौ २५ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले आफुलाई गैरकानुनी हिसाबले हटाइएको भन्दै दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढेको थियो । तर रिट निवेदककै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको छ ।

प्रधानन्यायाधीश जबराकै एकल इजलासले ८ भदौमा मिसिल झिकाउन आदेश दिएको थियो । त्यस यता यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

कमेन्टहरु