रुपन्देहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

जगत ठाडा मगर
२०७८ भदौ २५ | मध्यान्ह १२:०५ बजे

बुटवल । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।
बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो । श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् । सन्तोषको अहिले स्थानीय मेडिकल मै उपचार भइरहेको छ ।
यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।
घाइतेहरूलाई उपचारका लागि अहिले भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।






















