देश

एमसीसी उपाध्यक्ष सुमारको टोलीले आज प्रधानमन्त्री देउवासँग भेटघाट गर्दै

जगत ठाडा मगर
२०७८ भदौ २५ | बिहान ०८:०५ बजे

काठमाडौं । एमसीसीका उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार नेपाल आएसँगै राजनीतिक दौडधुप तीव्र पारेका छन् । नेपाल आएलगतै सुमारले राजनीतिक दलका शिर्ष नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् ।

काठमाडौं आएलगतै फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् । एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न चार दिने नेपाल भ्रमणमा आएकी उनीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछिन् ।

बिहीबार नै एमसीसी उपाध्यक्ष फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकि हुन् । फातिमाले समाजवादी अध्यक्ष नेपालसँगको भेटमा पनि एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न उनले आग्रह गरेकी थिईन् ।

कमेन्टहरु