काजलले सार्वजनिक गरिन् पतिसँगको तस्बिर, इन्टरनेटमा भयो भाइरल

जगत ठाडा मगर
२०७७ कार्तिक १६ | मध्यान्ह ०६:०७ बजे

अभिनेत्री काजल अग्रवालले हालै ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी छिन् । दुवैको विवाह मुम्बईमा भएको थियो । काजल र गौतमको विवाहको तस्बिर अहिले इन्टरनेटमा जताततै छाएको छ । बिवाहपछि काजलले पहिलोपटक पतिसँगको केही तस्बिर शेयर गरेकी छन् । सार्वजनिक तस्बिरमा काजल निकै सुन्दर देखिएकी छन् ।
सार्वजनिक तस्बिरमध्ये पहिलो तस्बिरमा काजल गौतमसँग बिवाह मन्डपमा बसेको देख्न सकिन्छ । तस्बिरमा अभिनेत्रीले जीवन साथीको हात थामेर खुसी देखिएकी छन् । उनले तस्बिरका साथ लेखेकी छन्, ‘मैले आफ्नो आत्मविश्वास, साथी, बेस्ट फ्रेन्ड र आत्माका साथ विवाह गरे । निकै खुसी छु । मैले सबै चिज र आफ्नो घर समेत पाए ।’
























