देश

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ २४ | मध्यान्ह ०९:०५ बजे

राजविराज । सप्तरीमा करेन्ट लागेर एक युवकको बिहीबार साँझ मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सखरपुरा निवासी बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर मृत्यु भएको प्ररहीले जनाएको छ ।

चन्दनले आफ्नै घरमा जडा गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रम्मा उनलाई करेन्ट लागेर घटना स्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शव पोस्र्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु