देश

बाढी प्रभावित तथा गरीब परिवारलाई राहत वितरण

जगत ठाडा मगर
२०७८ भदौ २४ | मध्यान्ह ०९:०५ बजे

महेश यादव
नवलपरासी । पाल्हिनन्दन गाउँपालिकामा बाढी प्रभावित तथा गरिब परिवारहरुलाई राहत वितरण गरिएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा लालिगुराश किशोर किशोरी संजालकाे अायाेजनामा बाढि प्रभावित तथा गरिब परिवारजनलाई राहत सामाग्री वितरण गरिएको हाे ।

photo 2021 09 09 21 06 29

संजालका अध्यक्ष विशाल कुमार गाैतमकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )काे प्रमुख अतिथतामा ४० घरधुरीलाई राहत स्वरुप खाद्यान्न तथा सनेटरि प्याड लगाएतका सामाग्री वितरण गरिएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि गुप्ताले बाढि प्रभावित तथा गरिब परिवारलाई परेको प्राकृतिक मर्काले एक छाक टार्न कठिन भएको बताउदै छाक टार्नकाे लागि बाढि प्रभावित तथा गरिब परिवारजनलाई पालिकाकाे तर्फबाट र अाफु स्वयं सधै साथ सहयोग गर्ने बताउनुभएको थियो ।

साथै एविसि नेपाल स्ट्राेम फाउन्डेसनको सहयोगमा अाफु स्वयं पहल गरेर राहत स्वरुप खाद्यान्न र सेनेटरि प्याड लगाएतका सामाग्री वितरण गराएको बताए । उहाले यस्तो कठिन परिस्थितिमा बाढी प्रभावित तथा गरिब परिवारलाई सहयोग गरेकोमा एविसि नेपाल र एविसि नेपालका सम्पूर्ण टिम तथा किशोर किशोरीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

photo 2021 09 09 21 06 28

राहत वितरण गर्दै एविसि नेपालका कृति थापा र किशोर किशोरी हरुकाे संयुक्त उपस्थितिमा प्रति घरधुरीलाई जीरा मसिनो चामल ५० किलो, मसुरो दाल २.५ किलो, रहर दाल २.५किलो, चिउरा २ किलो, खाने तेल २ लिटर, नुन २ किलो र सेनेटरी प्याड ५ पाेका लगाएतकाे सामाग्री ४० घरधुरीलाई वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन एविसि नेपालका सुपरभाइजर राजेश अार्यालले गर्नुभएको थियो ।

कमेन्टहरु