देश

नेशनल माइक्रो फाइनान्सले दिए ऋणि सदस्यहरुलाई बिमा सुविधा

जगत ठाडा मगर
२०७८ भदौ २४ | मध्यान्ह ०२:०५ बजे

लहान । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी धनुषाद्वारा आयोजित कार्यक्रममा बिमा ऋणि सदस्यहरुलाई मृत्यु बिमाको सुविधा दिइएको जानकारी प्राप्त भएको छ।

बुधबार आयोजित सो कार्यक्रममा बिमा सुविधा अन्तर्गत २ लाख २ हजार ८० रुपैयाँको चेक सम्बन्धित सदस्यहरुको श्रीमानलाई प्रदान गरिएको हो । यो सँगै कार्यक्रममा मोहत्तरीको पिप्रा गाउँपलिका – ३ का वडा अध्यक्ष अरुण ठाकुर, वडा नम्बर ४ का वडा सदस्य जागो देवी, समाजसेवी लक्ष्मी यादव, स्थानीय बुद्धिजीवी एवंम समुहको सदस्यहरु सहित जम्माजम्मी १०० को हाराहारीमा उपस्थिति रहेको संस्थाका शाखा प्रमुख पंकज यादवले बताए ।

आउने दिनमा पनि यो र यस्तै खालका सेवाहरु दिनेछ भने पछिल्लोपटक समेत विभिन्न किसिमका सहयोग र सेवा दिइएको सर्व विदित्तै देखिन्छ । यो संस्था सधै जनताका इच्छा, चाहना र जीवन रक्षाका लागि कामकाज गरिदै आएको देखिन्छ । संस्थाले हर सम्भव सदस्य दिदीहरुको आर्थिक तथा समाजिक बिकासमा सहयोग गरिरहने कुरा शाखा प्रमुख पंकज यादवले बताए ।

कमेन्टहरु