देश

एमसीसीको उपाध्यक्ष र नायब उपाध्यक्ष आज नेपाल आउदैँ

जगत ठाडा मगर
२०७८ भदौ २४ | बिहान ०८:०५ बजे

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदै छन् ।

फतेमाको टोली नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं ओर्लदैछ । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न आउन लागेकी हुन् ।

नेपाल सरकारले हालै सो परियोजनाको बारेमा सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी छन् । उनले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत हल्ला मात्र फैलाइएको बताएकी छन्।

सुमारले यस आयोजना(एमसीसी) मा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ ।

कमेन्टहरु