काठमाडौंका सिडिओ रिजाललाई स्वागत, पराजुलीलाई विदाई

जगत ठाडा मगर
२०७८ भदौ २४ | बिहान ०८:०५ बजे

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सिडिओ) मा गोविन्दप्रसाद रिजाललाई स्वागत गरिएको छ । यस्तै निवर्तमान प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई विदाई गरिएको छ।
स्वागतसँगै नवनियुक्त प्रमुख जिल्ला अधिकारी रिजालले पदभार ग्रहण गरेका छन् । यसअघि निवर्तमान प्रमुख जिल्ला अधिकारी पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो ।
हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए । सीडीओ पराजुलीले महामारीको वेलामा पनि भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।






















