दलित सामाजिक विकास केन्द्रद्वारा रक्तदान कार्यक्रम सम्पन्न (फाेटाे सहित )


बिन्दबासिनी हरिजन
कपिलबस्तु , भदौ २३ । रक्तदान कार्यक्रम दलित सामाजिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष संजय कुमार कोरीलाई रेडक्रसका महामन्त्री सन्तोष श्रीवास्तव र साधिका यादवले रक्तदानका लागी सामाग्री हस्तान्तरण गर्नु भयो।
रक्तदानका लागी हामी सम्पूर्ण समयमा सहयोग र सहकार्यका लागी तयार रहेका कुरा महामन्त्री श्रीवास्तवले बताउनु भएको छ । दलित सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य, कर्मचारी, समाजसेवी, सस्त्र प्रहरी बल नेपाल लगायत १३ जनाले रक्तदान गरेको र शुरुवातमा संस्थाका कार्यवाहक अध्यक्ष संजय कुमार कोरीबाट रक्तदान कार्य शूरु भएको कुरा संस्थाका कार्यकारी निर्देशक राम शरन रैदासले जानकारी दिनु भयो ।
दलित सामाजिक बिकास केन्द्र बिगत १७ बर्ष देखि दलित, महिला, किशोर किशोरी, अपांगता भएको ब्यक्ति, एकलमहिला सिमान्तकृत समुदाय तथा ब्यक्तिहरुलाई शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा पहुँच बढाउने सशक्तिकरण गर्ने उद्देश्यले काम गर्दै आइ रहेको छ । गरिब ब्यक्तिहरुलाई अझै थप सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो ।
दलित गरिब बिपन्न बर्गको ब्यक्तिहरुले समस्या पर्दा सजिलो तरिका तथा सहज रुपमा रगत प्राप्त गर्न र रक्तको अभावमा कसैले ज्यान गुमाउन न परोस भन्ने उद्देश्यले यो रक्तदान कार्यक्रम संस्थाले प्रथम पटकमा १३ जना बाट सुरुवात गरिएको हो । अगामी दिनमा धेरै भन्दा धेरै ब्यक्तिहरुबाट रक्तदान गराउन प्रयास गर्ने अध्यक्ष संजय कुमार कोरीले बताउनु भएको छ ।

“रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ दलित सामाजिक बिकास केन्द्रकाे अायाेजना र नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखा कार्यालय तौलिहवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान गर्नेहरुमा केशव खनाल, रमेश कुर्मी, इन्दे्रश चौधरी, सुमन न्यौपाने, राजेन्द्र चौधरी, राम शरन रैदास, विन्दवासिनी, सीमा, प्रकाश रेग्मी कर्मचारी रहेका राजु गुप्ता समाजसेवी तथा सस्त्र प्रहरी बल नेपाल डगंरी क्याम्पका प्रमुख शंकर सिंह सिख र कृष्ण मोहन गिरी रहेका थिए ।























